शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मन्थलीमा कांग्रेसको सरकार बिरुद्ध बृहत मोटरसाइकल र्याली (भिडियो)
रामेछाप बिशेष

मन्थलीमा कांग्रेसको सरकार बिरुद्ध बृहत मोटरसाइकल र्याली (भिडियो)

माघ ०८,

रामेछाप । नेपाली कांग्रेस रामेछापको मन्थली नगरपालिका वडा नं १ ले मोटरसाइकल र्याली प्रर्दशन गरेको छ ।

बिहिबार बिहान ११ बजे मन्थलीको थापा चोकदेखि आकाशे पुलसम्म संसद बिघटनको बिरोधमा बृहत मोटरसाईकल र्याली आयोजना गरेको हो ।

बिरोध र्याली देवकोटा चोकमा आइ कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै वडा सभापति पूर्ण सुवेदीले केपी ओलीले संसद् बिघटन गरेर असंबैधानिक र अलोकतान्त्रिक काम गरेको बताए ।

कांग्रेस रामेछापले बिहिबार जिल्लाका ६४ वटै वडाहरुमा प्रर्दशन गर्दै छ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु