बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्यापिटल हिंसा अघिको आफ्नो भाषण उपयुक्त रहेको ट्रम्पको जिकिर
समाचार

क्यापिटल हिंसा अघिको आफ्नो भाषण उपयुक्त रहेको ट्रम्पको जिकिर

पुस २९,
काठमाण्डाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता अमेरिकी सदनमा भएको हिंसा अघि आफूले गरेको सम्बोधन उपयुक्त भएको बताएका छन्।

५ जनाको ज्यान गएको र कम्तीमा ६० जना प्रहरीसहित अरु धेरै मानिस घाइते भएको क्यापिटल भवनको हिंसापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परेका राष्ट्रपति ट्रम्पले आफ्नो भनाइ गलत नभएको दाबी गरेका बीबीसीले जनाएको छ ।

हिंसा अघि जनवरी ६ मा वासिङ्टनमा भएको कार्यक्रममा राष्ट्रपति ट्रम्पले संसदतर्फ मार्च गर्न समर्थकहरुलाई आग्रह गरेका हुन् ।

ट्रम्पको त्यही भाषणको कारण हिंसा भड्किएको भन्दै डेमोक्र्याट्सहरुले औपचारिक रुपमा महाअभियोग लगाउन सुरु गरिसकेपछि आफ्नो भनाइ सार्वजनिक गरेका ट्रम्पले महाअभियोग लगाउन गरेको प्रयासलाई हाँस्यास्पद भबेका छन् ।

यही जनवरी २० तारिखमा जो बाइडेनले राष्ट्रपति पदको सपथ लिएपछि ट्रम्पले ह्वाइटहाउस छाड्दै छन् । तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा आज ट्रम्पमाथि महाभियोग लगाउने प्रस्तावमा मतदान हुन सक्ने खबरमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रियाहरु