पुष २४,
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित विद्यार्थी संघसहित नेपाली कांग्रेसले भोली देशब्यापी प्रर्दशन गर्दै छ । संसद् बिघटनको बिरोधमा भोली (शनिबार) कांग्रेसले देशब्यापी दोस्रो चरणको प्रर्दशन गर्न लागेको हो ।
सोही प्रर्दशनको कार्याक्रम अनुसार नेपाल दलित विद्यार्थी संघ नेपालका केन्द्रीय अध्यक्ष राजु सुनारले भोली हुने प्रर्दशनमा संक्रिय सहभागित जनाउने आह्वन गरेका छन् । उनले जुनेली न्युजसंग भने- “हामी भोली देशब्यापी दोस्रो चरणको आन्दोलन गर्दैछौं, नेपाल दलित विद्यार्थी संघले पनि यो आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको छ, आज हामीले काठमाडौं क्षेत्र नं ३ का पदादिकारीसहितको उपस्थितिमा आन्दोलनलाई सशक्त पार्ने विषयमा छलफल पनि गरेका छौं।“ हामी सबैलाई उपस्थिति हुन समेत आह्वन गर्दछौं भने ।
संसद् बिघटन असंबैधानिक र अलोकतान्त्रिक भएको उनको भनाई छ ।
संसद् पुःन स्थानपन भन्दा कुनै बिकल्प नभएको महाधिवेशन प्रतिनिधि समेत रहेका सुनारले बताए ।
फेसबुक प्रतिक्रियाहरु