बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • ओली समूहले रामेछापमा प्रचण्ड-नेपाल पक्षमाका अध्यक्ष र सचिवलाई हटायो : श्रेष्ठ अध्यक्ष, कडरिया सचिव
रामेछाप बिशेष

ओली समूहले रामेछापमा प्रचण्ड-नेपाल पक्षमाका अध्यक्ष र सचिवलाई हटायो : श्रेष्ठ अध्यक्ष, कडरिया सचिव

पुष २२,

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले जिल्ला अध्यक्षमा आनन्द श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै सचिवमा पुरुषोत्म कडरिया चयन भएका छन् । बुधबार भएको नेकपा ओली समूहको जिल्ला कमिटी तथा तेस्रो पुर्ण बैठकले एकता बिरोधी गर्दै हिडेको, पार्टी को झण्डा, लोगो लेटर प्याडलाइ दुरुपयोग गरेको आरोपसहित अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति प्रसाद पौडेललाइ जिम्मेवारीबाट पद मुक्त गरेको घोषणा गर्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलको उपस्थितिमा भएको सभामा श्रेष्ठलाई अध्यक्ष र कडरियालाई सचिवको जिम्मेवारी दिएको घोषणा गरेको छ ।

श्रेष्ठले संघठनलाई एक बनाएर लैजानको लागि आजैदेखि काम गर्ने बताएका छन् । उनले केही दिनमै जिल्लाका आठवटै स्थानीय तहमा ओली समूहको भेला बैठक, प्रशिक्षण आयोजना गर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु