मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • सर्वोच्च अदालतले संसद् पुःन स्थापना गर्छ- भट्टराई
समाचार

सर्वोच्च अदालतले संसद् पुःन स्थापना गर्छ- भट्टराई

पुष २२,

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले बिघटित् संसदलाई बिँउताउने काम औपचारीक रुपमा सुरु भएको बताएका छन् । सर्वोच्च अदालतले संसद् पुःनस्थापन गर्ने बिश्वास् समेत ब्यक्त गरेका छन् ।

बुधबार टुवीट् गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले लेखेका छन्-“आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ ।”

भट्टराईले  प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभा मार्फत निर्माण गरेको संविधान र गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलोबाटो अदालतको निर्णय हुने बिश्वास् ब्यक्त समेत गरेका छन् ।

भट्टराईले अदालतले जनताको पक्षमा फैसले गर्ने बताउदै  अरू बाटो रोज्न नपरोस् भनि चेतावनी समेत दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु