मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • गण्डकी प्रदेश प्रहरीलाई अनुशिक्षण
समाचार

गण्डकी प्रदेश प्रहरीलाई अनुशिक्षण

पुष २१,

काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गतको काम कारबाही लोकतान्त्रिक पद्धति अनुरूप खुला र पारदर्शी बनाई प्रहरी सेवा प्रवाहलाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउन साथै सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँचलाई सहज बनाउन यहि पुस-२० गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा १ दिने “प्रहरी प्रवक्ता अनुशिक्षण कार्यक्रम” सम्पन्न गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी कार्यालयका प्रवक्ताहरूलाई समयानुकूल व्यावसायीक, प्रविधियुक्त एवं नागरिक मैत्री बनाउँदै राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने संवेदनशील सूचनाको संरक्षण गर्नुपर्ने जिम्मेवारीलाई थप प्रभावकारि बनाउन उक्त अनुशिक्षण कार्यक्रमको आवश्यक्ता महसुस गरि सम्पन्न गरिएको हो ।

Image may contain: 5 people

अनुशिक्षण कार्यक्रममा सहभागी प्रहरी अधिकृतहरुलाई नेपाल प्रहरी संगठनको मिडिया नीति २०६० लगायत नेपालको संविधान तथा अन्य ऐनहरुमा सूचना सम्प्रेषण सम्बन्धि भएका प्रावधानहरु लगायत अन्य विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो भने व्यवहारिक ज्ञान अन्तर्गत प्रहरी प्रवक्ताहरूको काम-कारवाही र सामाजिक सञ्जालको यथोचित प्रयोग लगायतका विषयमा समेत प्रशिक्षण प्रदान गरिएको हो ।

Image may contain: 1 person

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्दले जन सरोकारका विषयहरूमा सत्य एवं तथ्य समाचार प्रहरीबाट समयमै सञ्चार माध्यममा प्रवाह गरी प्रचार प्रसार तथा प्रकाशनमा ल्याउनका साथै गलत वा फरक ढङ्गले समाचार प्रवाह हुन नदिन प्रहरीले पनि आफ्ना क्रियाकलापहरू सञ्चार माध्यममा सत्य र निष्पक्ष प्रसारण तथा विश्लेषण गराउनका लागि नीतिगत पक्षमा ध्यान दिनुपर्ने र यसलाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिए । साथै सार्वजनिक निकायहरुको काम कारवाहीको बारेमा जान्ने एवं चासो व्यक्त गर्न पाउने साथै सुसुचित हुन पाउने आम नागरिकको कानून प्रदत्त अधिकारलाई सम्मान गर्ने सवालमा नेपाल प्रहरी संगठन सदैव उक्तरादयी रहेको बताउँदै राज्य र नागरिकको हित विपरित रहेका सूचना अर्थात संरक्षण गर्नुपर्ने सूचनाहरु प्रति समेत संवेदनशिल रहि सूचना प्रवाह गर्नुपर्ने बताए ।

भर्चुअल माध्ययमबाट सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतको प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश ट्राफिक प्रहरी कार्यालय, प्रदेश सशस्त्र प्रहरी गण, प्रदेश दंगा नियन्त्रण प्रहरी गण र प्रदेश अन्तर्गतका ११ वटै जिल्ला प्रहरी कार्यालयहरुका प्रहरी प्रवक्ताहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु