शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • चामुण्डा मा.विमा बराइलीको सभापतित्वमा २१ सदस्यीय नेपाल दलित विद्यार्थी संघको इकाई गठन
समाचार

चामुण्डा मा.विमा बराइलीको सभापतित्वमा २१ सदस्यीय नेपाल दलित विद्यार्थी संघको इकाई गठन

पुष २०,

काठमाडौं । काठमाडौंको जोरपार्टी नारायणटारस्थित चामुण्डा मा.विमा नेपाल दलित विद्यार्थी संघ इकाई गठन गरिएको छ ।

सोमबार मा.विको कक्षा ११ मा अध्ययनरत सन्तोष बराइलीको सभापतित्वमा २१ सदस्यीय इकाई समिति गठन गरिएको हो ।

संघको केन्द्रीय अध्यक्ष राजु सुनारसहितको उपस्थितिमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई समेटेर चामुण्डा मावि इकाई गठन गरिएको हो ।

इकाईको उपसाभापतिमा दिवान बराइली, सचिव अनिल बराइली चयन भएका छन् ।

त्यस्तै सरिता बि. क कोषाध्यक्षमा बनेकी छिन् भने अन्य १७ जना सदस्य रहेका छन ।

७७ वटै जिल्लासहित विद्यालयहरुमा आफ्नो शाखा विस्तार गरिरहेको संघले राजधानीका क्याम्पसहरुमा आफ्नो समिति बिस्तारलाई समेत तिवृता दिएको केन्द्रीय अध्यक्ष राजु सुनारले बताए ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य रघुवीर कार्की, नेविसंघका नेता सुशान्त तामाङ, नेपाल दलित विद्यार्थी संघका केन्द्रीय सदस्य सुबास बराइली, अनिल सोनाम, सन्ध्या सानु, नेपाल दलित संघका क्षेत्रीय सचिव कमल परियार, नेपाल विद्यार्थी संघका नेता सुशान्त तामाङ्,  बाबू कोइराला, युवा परिचालन समितिका अध्यक्ष पाल्देन लामालगाएतको उपस्थिति रहेको थियो ।

Image may contain: 28 people, including Kamal Pariyar, Sandhya Sanu, Palden Lamaa, BulBul Subash Baraili and Ranjan Kumar Sapkota I, people standing

Image may contain: 4 people, people sitting

Image may contain: 27 people, including Kamal Pariyar, Raju Sunar Gahatraj, BulBul Subash Baraili, Palden Lamaa and Ranjan Kumar Sapkota I, people standing

फेसबुक प्रतिक्रियाहरु