मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • मन्थलीमा प्रेसर हर्न बजाउन निषेध : अटेरी गर्नेलाई जरिवाना
रामेछाप बिशेष

मन्थलीमा प्रेसर हर्न बजाउन निषेध : अटेरी गर्नेलाई जरिवाना

पुष २०,

रामेछाप । मन्थली बजारमा अबदेखि प्रेसर हर्न बजाएमा जरिवान लाग्ने भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप, रामेछाप सहयोगी मन (रासम) रामेछाप, र नेशनल ब्रिडिङ् फार्म प्रा.लि रामेछापले मन्थली बजार प्रवेशको मुख्याद्वर भैशेश्वर पुल, मन्थली बसपार्क र बिचबजार मन्थलीमा प्रेसर हर्न निषेधित क्षेत्रको बोर्ड राखेका छन् ।

मन्थली बजारमा ध्वनी प्रर्दुशन् हुने गरी बस, ट्रक,ट्याक्टर, टिफर, ट्रक लगाएतका सवारी साधानले चर्को स्वरमा हर्न बजाउदाँ बजारमा कोलाहल मच्चिएको भन्दै निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला ट्राफिक प्रमुख रामेश्वर पांण्डेले जुनेली न्युजलाई जानकारी दिए ।

उनले भने-बजारमा जाँहा पायोत्यतै हर्न बजाएर, बजारनै कोलाहल हुन थाल्यो त्यसैले अबदेखि हामीले हर्न बजाएमा जरिवाना समेत तोकेर हर्न निषेध गरेका छौं ।

आइतबारदेखि निषेधित् क्षेत्रमा हर्न बजाएमा ५ सयदेखि १५ सयसम्म जरिवाना लाग्ने पाण्डेले बताए ।

फेसबुक प्रतिक्रियाहरु