सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • लिखु तामाकोशीमा नेकपाको संयुक्त भेला : हामी एकै हो फुटेका छैनौं,संसद् विघटन् असंबैधानिक हो
Uncategorized

लिखु तामाकोशीमा नेकपाको संयुक्त भेला : हामी एकै हो फुटेका छैनौं,संसद् विघटन् असंबैधानिक हो

पुष १७,

रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कार्यकर्ता प्रशिक्ष तथा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । शुक्रबार पालिकामा बुहुसंख्यक प्रचण्ड-नेपाल समूहका कार्यकर्ताको उपस्थितिमा भेला सम्पन्न गरेको हो ।

पूर्व एमालेले जिल्लामा एमाले एक ढिक्का भएको बताइरहदाँ एमालेकै शिर्ष कार्याकर्ताले प्रचण्ड-नेपालको भेलामा प्रशिक्षण दिएका हुन् ।

स्रोतले जुनेली न्युलाई भन्यो-“हामी ब्यक्तिबादी राजनीतिमा लागेका छैनौं, हाम्रो लागि नेपाल कम्युनिष्ट पार्टी अझै एकै हो, हामी आज १ सय २० जना भन्दबढी नेकपाका दुबै पक्षमा कार्यकर्ता भेला भएर प्रशिक्षण सम्पन्न गरेका छौं, ओलीले संसद् बिघटन गर्नु असंबैधानिक हो, जनहित बिपरित छ, संसद् पुनःस्थापन हामी चहान्छौं, त्यसैले हामी अहिले दुईधुर्वमा छैनौं ।”

केही दिन अघि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले पूर्व एमाले एक ढिक्का भएको बताएका थिए ।

Image may contain: 3 people, people sitting and indoor

Image may contain: 5 people, people sitting and table

फेसबुक प्रतिक्रियाहरु