शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पुष २२ मा रामेछापमा ओली समूहको जिल्ला कमिटी भेला आह्वन : पूर्व एमाले एक ढिक्का
समाचार

पुष २२ मा रामेछापमा ओली समूहको जिल्ला कमिटी भेला आह्वन : पूर्व एमाले एक ढिक्का

पुष १७,

रामेछाप । रामेछापमा पनि नेपाल कम्युनिष्ट पार्टी दुई भागमा बाँडिएका छन् । योसंगै उनीहरुले ओली र प्रचण्ड-नेपालको समूमा खुलेरैदेखिन थालेका छन् ।

योसंगै उनीहरुले आफू निकटका भेला समेत गर्न थालेका छन् । पुष २२ गते ओली समूहले जिल्ला कमिटीको बैठक डाकेको छ । बिहिबार सम्पन्न ओली समूहको बागमती प्रदेश केन्द्रीय भेलाले २२ पुषमा जिल्ला कमिटी बैठक/भेला आह्वान गरेको बागमती प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले जानकारी दिए ।

जिल्लामा पूर्व एमाले एकढिक्का भएको ओलीसमूहले दाबी गर्दै छ । यद्यपी प्रचण्ड-नेपाल समूह पनि जिल्लामा आफ्नो समूहको भेला र छलफललाई तिवृ पारेको छ ।

फेसबुक प्रतिक्रियाहरु