शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • मैले जती इतिहासमा कसैले काम गरेको छैन,माधव नेपाल प्रचण्डको मामूली कार्यकर्ता हुन्- ओली
समाचार

मैले जती इतिहासमा कसैले काम गरेको छैन,माधव नेपाल प्रचण्डको मामूली कार्यकर्ता हुन्- ओली

पुष १५,

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल प्रचण्डको सामान्य कार्याकर्ता भएको बताएका छन् ।

बुधबार सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले भने-माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।,

त्यस्तै ओलीले आफूले जती इतिहासमा कुनै प्रधानमन्त्रीले काम गर्न नसकेको बताए । भुकम्पबाट भत्किएका संरचना निर्माण भेरहेको सबै आफूले मात्रै गरेको जिकित गरे । उनले बने ‘भूकम्पपछिको पुनर्निर्माण र बाढिपहिरो पीडितको लागि हामीले यति तिव्र काम गर्‍यौँ, यस्तो तिव्रताका साथ काम अहिलेसम्म भएको थिएन ।

त्यस्तै ओलीले सुदुरपश्चिम आफ्नो कब्जामा रहेको समेत ठोकूवा गरे ।

फेसबुक प्रतिक्रियाहरु