शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • इथियोपियामा हतियारधारीको आक्रमणबाट १ सय बढीको मृत्यु
दुर्घटना/अपराध

इथियोपियामा हतियारधारीको आक्रमणबाट १ सय बढीको मृत्यु

पुष ०९,

काठमाडौं । इथियोपियाको बेनिशाङ्गुल–गुमुज क्षेत्रमा हतियारधारी समुहले आक्रमण गर्दा १ सय बढीको मृत्यु भएको छ । ३० जना भन्दा बढीको अवस्था गम्भिर छ ।

हतियारधारीले जथाभावी गोलाबरी तथा चक्कुबाट आक्रमण गरेका थिए । प्रधानमन्त्री अबि अहमदले सो क्षेत्रको भ्रमण गरेको भोलिपल्टै आक्रमण भएको हो ।

इथियोपियाको मानव अधिकार आयोगले बहुजातीय समुदायको बसोबास रहेको बेकोजी गाउँमा आक्रमण भएको भन्दै शान्ति विरोधी तत्वले आक्रमण गरेको उल्लेख गरेको छ ।

प्रधानमन्त्री अबिले पनि जातीय र क्षेत्रीय समुदायबीच विभाजन ल्याउन चाहनेले अक्रमण गरेको भन्दै त्यो चाहाना पूरा नहुने बताए ।

 

फेसबुक प्रतिक्रियाहरु