बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छी भेटवार्ता
समाचार

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छी भेटवार्ता

पुष ०८,

काठमाडौं । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा विदेशी कुटनीतिज्ञको चासो बढ्दै गएको छ। यसै बिच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेकी छन्।

मंगलबार साँझ शितलनिवास पुगेर यान्छीले भण्डारीसँग भेटेकी हुन्। राष्ट्रपति कार्यालयका अधिकारीहरुका अनुसार यो एक नियमित र पूर्वतालिका अनुसारकै भेटघाट नै थियो।

यद्यपि पछिल्लो समय उत्पन्न संकटसँगै राष्ट्रप्रमुखसँग पहिलो पटक भेट गर्ने विदेशी दूत यान्छी नै हुन्। व्यक्तिगत र सामान्य भेटघाट भनिए पनि यस भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि पनि नेकपाको आन्तरिक विवादका क्रममा यान्छीले छोटो अवधिमा नेकपाका शीर्ष नेताहरुसँग भेटवार्ता गरेकी थिइन्। पछिल्लो पटक यान्छीले नेकपाका केही मन्त्रीहरुसँग पनि भेटवार्ता गर्ने तयारी गरेको बुझिएको छ।

फेसबुक प्रतिक्रियाहरु