सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • आज नेकपा औपचारिक रुपमा फूट्दै
समाचार

आज नेकपा औपचारिक रुपमा फूट्दै

पुष ०७,

काठमाडौं । आज नेकपा औपचारिक रुपमा फूट्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज छुट्टै आफू निकट नेता, संसदहरुको भला बोलाएका छन् ।

मंगलबार बिहान ९ बजे केन्द्रीय कमिटीको छुट्टै बैठक बोलाएका हुन् । संसद बिघटन भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षहरुले सोमबार पनि छुट्टाछुट्टै आफू निकट नेताहरु संग छलफल गरेका थिए । अर्का कार्याकारी अध्यक्ष प्रचण्ड – नेपाल पक्षले पनि मंगलबार संसद् विघटनपछि चालिने संवैधानिक एवम् राजनीतिक कदमबारे संविधानविद् एवं कानुनविद्सँग छलफल गरेको थियो ।

प्रचण्ड निकट एक नेताले नेकपा फूटको संघारमा पुगेको र त्यसको सबै जिम्मा ओलीले सबैलाई लिए हिड्न नसकेका कारण यो अवस्था सिर्जना भएको बताएका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको बताइसकेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र भएको प्रचण्डले भनेका छन् । प्रचण्डले भने अहिले सम्म पार्टी एकै रहेको बताउदै आएका छन् । ओलीले पटक पटक संगै हिड्न नसक्ने भनि सकेका छन्  ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने ओलीको कदमले पार्टी एकतामा तात्विक असर नगर्ने विज्ञप्ति जारी गरेरै भनिसकेका छन् । प्रचण्डले सोमबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पंक्ति र आम जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’ प्रचण्डले कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि सबैलाई अपील गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु