आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सानेपामा कांग्रेसको सर्वदलीय बैठक जारी : बहुमत पुर्‍याएर ओलीको कदम फिर्ता गराउने तयारी
समाचार

सानेपामा कांग्रेसको सर्वदलीय बैठक जारी : बहुमत पुर्‍याएर ओलीको कदम फिर्ता गराउने तयारी

पुस ६,

काठमाण्डाै । संसद् विघटनपछिको अवस्थाको समीक्षा र रणनीति तय गर्न सर्वदलीय बैठक जारी छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेता सहभागी छन् ।

सर्वदलीय बैठकमा संसदमा बहुमत पुर्‍याएर अधिवेशन बोलाउने र प्रधानमन्त्री ओलीको गैरकानुनी कदम फिर्ताको रणनीति बनाउने नेकपाका एक नेताले जानकारी दिएका छन् ।

नेपाली कांग्रेस र जसपाले यसअघि नै दलको बैठकमार्फत संसद् विघटनको विरोध गरिसकेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु