सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ओली र बिध्या तन्त्र अब नेपाली जनताले अन्त्य गर्छन्- अध्यक्ष सुनार
समाचार

ओली र बिध्या तन्त्र अब नेपाली जनताले अन्त्य गर्छन्- अध्यक्ष सुनार

पुष ०५,

काठमाडौं । नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनारले संसद विघटन गरेको भन्दै  राष्ट्रपति र प्रधानमन्त्री भएर देशका जनतालाई कुठराघात गरेकोमा सचेत भएर बस्न चुनौती दिएका छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सुनारले राणा शासनको अन्त्य भयो, पञ्चायत व्यवस्थाको अन्त्य भयो र राजतन्त्रको पनि अन्त्य भयो। अब यो मनपरीतन्त्रको अन्त्य तुरुन्तै हुनुपर्छ र हुन्छ पनि । उनले थपे २००७ साल, २०४६ साल र २०६२/६३ सालको जनआन्दोलनबाट स्थापित नेपाली जनताको अग्रगामी अधिकार समाप्त पारियो यो परिस्थिति पनि समाप्त पार्ने छौं ।

हालै अमेरिकाको सम्पन्न राष्ट्रपति निर्वाचनको नतिजालाई अस्वीकार गरेर ट्रम अदालत जानु र केपी ओलीले संसद विघठन गर्नु अधिनायकबादको उदय र लोकतन्त्र माथिको ठूलो प्रहार हो उनले औंल्याए । केन्द्रीय अध्यक्ष सुनारले  लोकतन्त्रमाथिको अराजकताको पनि पराकाष्टलाई अब नेपाली जनताले अन्त्य गर्ने जिकिर गरे ।

फेसबुक प्रतिक्रियाहरु