आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक प्रधानन्यायाधीश अनुपस्थित हुने भएपछि स्थगित
समाचार

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक प्रधानन्यायाधीश अनुपस्थित हुने भएपछि स्थगित

पुष ०२,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको संवैधानिक परिषद्को बैठक प्रधानन्यायाधीश समेत अनुपस्थित हुने भएपछि स्थगित भएको छ । ओलीले बिहिबार साँझ ५ बजेका लागि बैठक डाकेका थिए ।

तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्‍पकमल दाहाल प्रचण्डले बैठक राखेकामा आपत्ति जनाएका थिए । बैठकबारे छलफल गर्न ओलीले बोलाएर बालुवाटार पुगेका प्रचण्डले अध्यादेश फिर्ता लिने सहमति भइसकेका बेला बैठक बोलाएकामा आपत्ति जनाउँदै स्थगित गर्न आग्रह गरेका उनी निकट स्रोतले बताएको छ ।

तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको छ । वैधानिक परिषदको बैठक स्थगित भएको जानकारी आएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालय स्रोतले जानकारी दिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु