आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • अध्यादेश फिर्ता लिन ओली सहमत : २४ घण्टा पनि टिकेन एकलौटी निर्णय
समाचार

अध्यादेश फिर्ता लिन ओली सहमत : २४ घण्टा पनि टिकेन एकलौटी निर्णय

पुष ०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा पार्टीका कार्यकारी अध्यक्ष पुष्ककमल दाहाल ‘प्रचण्ड’ भएको महत्वपूर्ण समझदारीसँगै प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएका हुन् ।

नेकपाभित्रको विवादकै कारण संवैधानिक परिषद् बैठक नै अवरुद्ध भएपछि प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ ल्याएका थिए । सो अध्यादेश सरकारले सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन ।

ओली र प्रचण्डबीच एक अर्काको विरुद्ध ल्याएको लिखित प्रस्ताव पनि फिर्ता लिने सहमति भएको छ । त्यसैगरी अध्यादेश फिर्ता लिने सहमति भएपछि संसद बैठक बोलाउने अडानबाट प्रचण्ड–नेपाल समूहपनि पछि हटेको छ । सोही अध्यादेशका कारण पार्टीभित्र र बाहिरका साथै सर्वोच्चमा समेत रिट परेपछि प्रधानमन्त्री ओली ब्याक हुन राजी भएका हुन् ।

स्थायी समिति बैठकले अध्यक्षद्धयको प्रस्ताव फिर्ता लिने सर्वसम्मत रुपमा निर्णय गरेको छ । अब पुस ५ गते बस्ने स्थायी समिति बैठकमा अध्यक्षद्धयको संयुक्त प्रस्ताव प्रस्तुत हुने भएको छ । बैठकले आगामी पुस १० गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रियाहरु