सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • अब ओलीसँग कानेखुसी गरेर पार्टी चल्दैन, ओलीको व्यवहारले म दिक्क भइसके- प्रचण्ड
समाचार

अब ओलीसँग कानेखुसी गरेर पार्टी चल्दैन, ओलीको व्यवहारले म दिक्क भइसके- प्रचण्ड

मंसिर २७,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको व्यवहारले आफू दिक्क भइसकेको  बताएका छन् ।

बागमती प्रदेशका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट जिल्ला इञ्चार्ज, अध्यक्ष र सचिवहरुको भर्चुअल भेलालाई सम्बोधन गर्दै बिहीबार प्रचण्डले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमा कानेखुसी गर्न रुचाउने प्रवृत्ति देखिएको बताए ।

भेलामा सहभागी एक नेताका अनुसार प्रचण्डले अब ओलीसँग एक्ला एक्लै बस्ने र कानेखुसी गरेर अगाडि नबढ्ने बताउदै उनले सचिवालयकै नेताहरु कानेखुसीको नीति अवलम्बन गर्ने र धोका दिने प्रवृत्ति ओलीमा रहेको बताए ।

बैठकमा सहभगी एक नेताले भने ‘अब कानेखुसी गरेर होइन, पार्टीका नेताहरुसँग छलफल गरेर सहमति निकालेर अगाडि बढ्नुपर्छ । बैठकले निर्णय गर्ने र नेतृत्वले कार्यान्वयन गर्नेतिर जानुपर्नेमा प्रचण्डको भनाई उदृत गर्दै भने ।

फेसबुक प्रतिक्रियाहरु