आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • एक करोड २८ लाख लागतमा रामेछापमा सशस्त्र प्रहरीको भनव निर्माण हुने
रामेछाप बिशेष

एक करोड २८ लाख लागतमा रामेछापमा सशस्त्र प्रहरीको भनव निर्माण हुने

मंसिर २५,

रामेछाप । रामेछाप जिल्लामा सशस्त्र प्रहरीको आवस भवन बन्ने भएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र सशस्त्र प्रहरी बल रामेछापका डिएसपी केशवराज प्याकुरेलले भवनको शिलन्या गरेका हुन् ।  जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपलिका वडा नं १ आकाशे पुल नजिकै भवन बन्ने भएको छ । हाल सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछाप अस्थायी रुपमा मन्थली स्थित रामेछाप विमानस्थामा बस्दै आएको छ ।

एक करोड २८ लाख  कूल बजेटमा ६ वटा पक्की भनव निर्माण गर्ने जिम्मा शिवालय सिद्धगढी जेभिले लिएको छ । भवन चालु आर्थिक वर्षकै असार मसान्तासम्ममा निर्माण गरिने योजना रहेको छ ।

आगामी दिनमा जिल्लाको शान्ति सुरक्षामा खटिनेहरुको सुरक्षाका निम्ति उनीहरुको सेवालाई विद्ध गरिनू सवल पक्ष भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । भनवको काम तिवृ गतिमा सम्पन्न गर्नू पर्नेमा उनले जोड्दिईन् ।

त्यस्तै सशस्त्र प्रहरी बल रामेछापका डिएसपी प्याकुरेलले नयाँ भवन बनेसँगै जिल्लाको शान्ति सुरक्षामा थप मद्दत पुग्ने विश्वास् ब्यक्त गरे ।

फेसबुक प्रतिक्रियाहरु