मंसिर २३,
कांठमाडौं । प्रदेश न २ को जनकपुरमा,जनकपुरधाम बिमानस्थल संचालनमा आएको छ ।
मंगलबार संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले विमानस्थलको टर्मीनल भवन उद्घाटन गरेका हुन् । विमानस्थल भनव उद्घाटन गर्दै मन्त्री भट्टराईले प्रदेश २ सरकारसंग केन्द्र सरकारको सम्बन्ध घनिष्ट भएको बताएका छन् । उनले प्रदेश नं २ सरकार र संघीय सरकारको सम्बन्ध सुमधु र घनिष्ठ रहेको बताए ।
भवनसंगै टावर, सुरक्षाकर्मी आवासगृह, पार्कीङ्ज आदेखि औपचारिक रुपमा उद्घाटन गरिएको हो । यो टर्मीनल भवन स्टील स्टक्चरको र आधुनिक सुबिधा सहितको रहेको छ ।
नेपाल सरकारको ४२ करोड लागानीमा विमानस्थाल निर्माण सम्पन्न भएको हो ।
फोटो : योगेश भट्टराईको फेस्बुकबाट साभार
फेसबुक प्रतिक्रियाहरु