आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • कोरोनाको जोखिमका बेला रक्तदानको महत्व अझ बढेको छ- सभामुख सापकोटा
समाचार

कोरोनाको जोखिमका बेला रक्तदानको महत्व अझ बढेको छ- सभामुख सापकोटा

मंसिर २३,

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को जोखिमका बेला रक्तदानको महत्व अझ बढेको बताएका छन् । १४ औं संघीय संसद सेवा दिवस–२०७७ का अवसरमा मंगलबार संसद सचिवालय परिसर, सिंहदरबारमा आयोजित रक्तदान कार्यक्रको सुभारम्भ गर्दै सभामुख सापकोटाले कोरोना सृजित विषमताका बेला गरिएको रक्तदानको कयौं गुणा महत्व रहेको चर्चा गरे । संघीय संसद, सदस्य डा बिमला राई पौडेललाई रक्त थैली (व्लड व्याग) हस्तान्तरण गरी रक्तदानको सुभारम्भ गरेपछि सम्बोधन गर्दै सभामुख सापकोटाले भने-रक्तदान जीवन दान त्यत्तिकै भनिएको होइन, रक्तदानको सँधैभरी महत्व छ, अहिले झन यसको कयौं गुणा महत्व छ ।’

सभामुख सापकोटाले दैनिक जस्तो रगत अभावको खबर आइरहेको स्मरण गर्दै मंगलबार गरिएको रक्तदानले रगत अभाव टार्न केही सहयोग हुने विश्वास व्यक्त गरे । संसद सेवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएकोमा उनले खुसी व्यक्त गरे ।

कार्यक्रममा दुई जना सांसद, कर्मचारी र सञ्चारकर्मी गरि ५३ जनाले रक्तदान गरेका थिए । संघीय संसद सचिवालयले संसद सेवा दिवस २०७७ का अवसरमा उच्च स्वास्थ्य सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु