आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • विवेकशील नेपाली दल र साझा पार्टीबीच भोली पुःन एकिकरण हुदै
समाचार

विवेकशील नेपाली दल र साझा पार्टीबीच भोली पुःन एकिकरण हुदै

मंसिर २३,

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीच पुःन एकिकरण हुने भएको छ । बुधबार दिउँसो ३ : ३० बजे पार्टी एकता गर्ने संयोज रबिन्द्र मिश्रले बताएका छन् । पार्टी एकता घोषणा कार्यक्रम सामाजिक संजालमा प्रत्यक्ष लाईभ गरिने उनले बताएका छन् ।

नयाँ घोषणा गर्न लागेको ए एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी रहने मिश्रले बताए । अलग अलग स्थापना भएका दल बीचमा एकीकरण भएर पुनः विभाजित भएका थिए ।

टुवीट् गर्दै उनले लेखेका छन्- हामी एक हुँदैछौँ। विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ। तपाईंको साथले ‘विवेकशील साझा पार्टी’लाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउनेमा हामी विश्वस्त छौँ। एकताका लागि प्रेरित गर्ने सबैप्रति आभारी छौँ। कार्यक्रम दुवै पार्टी, मेरो र कयौँ नेताको फेसबुकबाट लाइभ प्रसारण हुनेछ

फेसबुक प्रतिक्रियाहरु