मंसिर २२,
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले वडा नं ७ सुकाजोरको हिलेपानीमा आज उद्घाटन गरेको वडा कार्यायलको बाँकि काम पूरा गर्न नगरले सहयोग गर्ने बताएका छन् । सोमबार नवनिर्मित भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भवन बनेकोमा खुसी ब्यक्त गर्दै वडा बासीमा खुसी ब्यक्त गरे । बाँकि काम पूरा गर्न नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
त्यस्तै नगरउपप्रमुख सिर्जना खड्काले भवन भनेकोमा खुसी ब्यक्त गर्दै वडा बासीलाई बधाई दिएकी छिन् । भवन मात्रै भने नहुने भन्दै सेवा पनि गुणस्तरको हुनु पर्नेमा उनले जोड्दिइन् ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादे आर्थिक क्षेत्रमा नगपालिकाले सहयोग गरेको स्मरण गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताए ।
आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ मा ४५ लाख नगरपालिकाको लागतमा बनेको एक तले पक्की भवनमा तीन वटा कोठा, एउटा ५० जना आट्ने सभाहल रहेको वडा अध्यक्ष समिर कार्कीले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार समोबारदेखिनै सेवा/काम सुरु गरिएको छ ।
फोटो साभार : सुदिप कार्कीको फेस्बुकबाट साभार
फेसबुक प्रतिक्रियाहरु