बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • काजीबहादुर खड्कालाई शान्ति प्रसादले राजनीतिक पावरलाए : गाउँपालिका एक दिन ठप्पै पार्छौं-तरुण दल
रामेछाप बिशेष

काजीबहादुर खड्कालाई शान्ति प्रसादले राजनीतिक पावरलाए : गाउँपालिका एक दिन ठप्पै पार्छौं-तरुण दल

मंसिर २१,

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका तरुण दलका पालिका अध्यक्ष समशेर कार्कीले आफ्ना जिल्ला अध्यक्ष काजीबहादुर खड्का (दिनेश) लाई सामान्य कुट्पिट्को घटनामा राजनीतिक पूर्वाग्रहले ज्यान मार्ने उधोगमा मुद्धा दायर गरेको बताएको छ । शनिबार एक कार्यक्रममा बोल्दै उनले राजनीतिक पद र पावरले गर्दा दिनेश खड्कालाई भूमिगत बन्न बाध्ये बनाएको बताए । उनीबिरुद्ध दायर गरिएको मुद्धा तत्काल फिर्ता गर्न समेत उनले माग गरेका छन् ।

गोकुलगंगा गाउँपालिकामा गत मंसिर ३ गते भएको कुट्पिट्मा एक जनाको टाउकुमा चोट लागेपछि पीडितले नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य दिपक खड्का, तरुण दलका जिल्ला अध्यक्ष काजीबहादुर खड्का (दिनेश) र कांग्रेस नेता सुमन खड्का बिरुद्ध ज्यान मार्ने उधोग्मा जिल्ला प्रहरी कार्यलय रामेछापमा मुद्धा दर्ता गरेका छन् । सोही घट्नालाई लिएर सुमन खड्कालाई प्रहरीले पक्राउ गरिसकेको छ । दुई जना फरार रहेका छन् ।

त्यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुमा प्रहरीको ज्यातीको बिरोध गर्दै एक दिन गाउँपालिका बन्द/ठप्प पार्ने समेत तरुण दलले घोषणा गरेको छ ।

पालिका अध्यक्ष कार्कीले भने-सामान्य कुट्पिटको घटनालाई ज्यान मार्ने उधोगमा मुद्धा दायर गरेर नामाडीबाटै बागमती प्रदेशको संसद बनेका शान्ति प्रसाद पौडेलले आफ्नो पद र पावरदेखाए, पौडेलसहित कम्युनिष्ट पार्टी (नेकपा) ले पावरदेखायो र राजनीतिक पूर्वाग्रह स्वरुप यस्तो आरोप लगाएको हो । यसको तरूण दल सधैब घोर भ्रत्साना गर्दछ ।

भिडियो 

फेसबुक प्रतिक्रियाहरु