शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ
दुर्घटना/अपराध

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ

मंसिर १७, सामाजिक संजालबाट फोटो

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो। निषेधाज्ञा तोडेपछि पौडेललाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए।

भिडभाडमा नेता पौडेलको सुरक्षा अवस्था समेतलाई हेरेर नियन्त्रणमा लिनु परेको उनले बताए । उनलाई ‘विभिन्न तत्वले घुसपैठ गर्न सक्ने देखिएकाले सुरक्षाका लागि नियन्त्रणमा लिनु परेको प्रजिअले बताए । वरिष्ठ नेता पौडेलले पनि आफूलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु