शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मन्थली नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवस मनायो (फोटोफिचर)
रामेछाप बिशेष

मन्थली नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवस मनायो (फोटोफिचर)

मंसिर १७,

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । मंगलबार मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत को अध्यक्षतामा एक कार्यक्रम गरि मनाईएको हो ।

कार्यक्रममा नगरप्रमुख रमेशकुमार बस्नेतले नगरको समग्र अवस्थामा संक्षिप्त प्रतिवेदन पेश गरेका थिए । स्थापना दिवसको अवसरमा नगर भित्र रहेर विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कार तथा सम्मान गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेश सांसद शान्तिप्रसाद पौडेल, जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, उप प्रमुख माया कुमारी कार्की तथा विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले स्थापना दिवसको शुभकामना व्यक्त गरेका छन् ।

फोटोहेर्नुहोस

फेसबुक प्रतिक्रियाहरु