मंसिर १४,
भक्तपुर । १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखाका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा जिल्ला भिमेश्वर नगरपालिका-७ माने घर भई भक्तपुर दुवाकोट बस्दै आएका २० वर्षीय श्याम कृष्ण केसी रहेका छन् ।
उनले बालिकालाई गत साउन १८ गते जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु