शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • रामेछापमा : लैङि्गक हिंसा विरुद्धको अभियानमा महिला पुरुष संगसंगै,सबै खाले हिंसा अन्त्य गर्न एक्यवद्धता (फोटोसहित)
रामेछाप बिशेष

रामेछापमा : लैङि्गक हिंसा विरुद्धको अभियानमा महिला पुरुष संगसंगै,सबै खाले हिंसा अन्त्य गर्न एक्यवद्धता (फोटोसहित)

मंसिर १०,

रामेछाप । “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्वताः व्यक्ति समाज र सबैको ऐक्यवद्वता” भन्ने मूल नाराका साथ मन्थली नगरपालिकाद्वरा आयोजित लैङ्गिक हिंसा बिरुद्वको १६ दिने अभियानको पहिलो दिन मन्थलीमा र्याली आयोजना गरिएको छ ।

सदरमुकाम समेत् रहेको मन्थलीको देवकोटा चोकमा बुधबार बिहान नगरउप-प्रमुख मायाँ कार्की, नगरप प्रमुख रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्का, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी, पत्रकार, जिल्लाका सरकारी तथा गैरसरकारी कार्यलयका कर्मचारी, महिला समूह, बालकल्ब, लगाएतको समभागितामा कोरोना भाइरस संक्रमणबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको पालना गर्दै अभियान सुरु गरिएको हो ।

मन्थली नगरपालिकाको रहरः लैङि्गक हिंसा मुक्त गाउँ शहर, म हिंसा गर्दिन र हिंहा सहन्न, घर परिवारमा हुने लैङि्गक हिंसाको अन्त्य गरौं, महिला हिंसा विरुद्ध महिला पुरुष संगसंगै, हामी सबैको ध्यानः लैङि्गक समानता प्राप्तिका लागि निरन्तर अभियान, लैङि्गक हिंसा विरुद्ध एक होऔं, बाल विवाह पनि लैंङि्गक हिंसाको स्वारुप हो, समान्ताको पुस्ताः बलात्कार बिरुद्ध एक्यवद्धता, समान्ताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमान्ता र लैङि्गक हिंसा दुर्व्यवहारः छैन हामीलाई स्वीकार जस्ता नाराका साथ बजार परिक्रमा गरिएको थियो ।

बुधबार नोभेम्बर २५  देखि डिसेम्बर १० सम्मा विश्वब्यापी रुपमा लैङि्गक हिंसा विरुद्धको अभियान नेपाल पनि मनाउन सुरु भएसंगै नगरले पनि अभियानको सुरु गरेको हो ।

अभियानको उद्घाटन गर्दै नगरप्रमुख रमेश कुमार बस्नेतले आ-आफ्नो ठाउँबाट हुने सबैखाले हिंसाको अन्त्य गर्नु पर्ने बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माले कानूनको परिपालना गर्नु पर्ने र सबै खाले हिंसा अन्त्य गर्नु पर्ने बताइन् ।

त्यस्तै उप-प्रमुख कार्कीले अभियानलाई सफल पर्न सबैले सहयोग गर्नु पर्ने र हिंसात्क समाजलाई हिंसा रहित बनाउन भूमिका खेल्नु पर्ने बताइन् ।

फोटोहेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु