मंसिर ०९,
रामेछाप । दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।
मंगलबार दिउसो १ : ४६ मिनेटमा पसिना आएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीले जुनेली न्युजलाई बताए । उनका अनुसार शिलाको फेदमा १ : ४६ देखि पसिना आएको हो । उनले भने अहिला पनि पसिना आएको आएै छ, म अहिले मन्दिरमै छु । हामी विधिपूर्व काम गर्दै छौं ।
सो मन्दिरमा पसिना आएमा देशमा अनिष्ट हुने जनविश्वास रहिआएको छ । नेकपा विवाद् उत्कर्षमा पुगेको बेलामा पसिना आएकोले चौतर्फ आशंका पैदा भएको छ ।
फेसबुक प्रतिक्रियाहरु