आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • मिस नेपाल २०२० मा रामेछापकी चेली सिजा चौलागाई छनोट् (भिडियोसहित)
रामेछाप बिशेष

मिस नेपाल २०२० मा रामेछापकी चेली सिजा चौलागाई छनोट् (भिडियोसहित)

मंसिर ०८,

रामेछाप । मिस नेपाल २०२० प्रतियोगीतामा रामेछापकी चेलीले पनि स्थान पएकी छन् ।

२४ वर्षीय सिजा चौलागाई टप २१ मा छनोट भएकी छिन् । उनी रामेछापको सुनापती गाउँपालिका–१ गुन्सी भदौरेकी हुन् । चौलागाई प्रतियोगिताका सहभागी मध्ये अन्तिम चरणमा सहभागी हुने टप २१ मा छनोट भएकी छिन । उनी नयाँ–नयाँ विषयमा असाध्यै चासो राख्दै आएकी चौलागाई साहसिक काम गर्न रुचि राख्छिन । हाल अष्ट्रेलीयन ब्रोकर फर्मामा क्रेडिट् एनालिष्टको रुपमा कार्यररत छिन् ।

उनी खेलकुदमा समेत निकै रुची राख्छिन् । उनले उनले बिबिएमा ग्रयाजुएसन गरेकी छन् । चौलागाईले अध्ययनकै क्रममा बास्केटबल खेलाडीका रुपमा समेत आफूलाई चिनाउन सफल भएकी छिन् । हाल काठमाडौंको बालाजुमा बस्दै आएकी सिजा मिस नेपाल २०२० को ताज पहिरिएर सामाजिक कार्यमा सक्रिय हुन चाहेको बताउछिन । उनी भविष्यमा एक सफल उध्यमी बन्न चाहान्छिन् ।

वि.सं.२०५३ साल कार्तिक १८ गते गुन्सी भदौरेमा जन्मिएकी सिजा चौलागाई मिस नेपाल सन् २०२० को उत्कृष्ट २१ मध्येकी एक प्रतियोगी हुन् । प्रतियोगी नम्बर ८ मा रहेकी सिजाले बिबिएसम्मको अध्ययन पूरा गरेकी छिन् ।

भिडियो हेर्नुहोस्

फेसबुक प्रतिक्रियाहरु