आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • बस दुर्घटनामा परी ९ जनाको मृत्यु : ३४ जना घाइते,
दुर्घटना/अपराध

बस दुर्घटनामा परी ९ जनाको मृत्यु : ३४ जना घाइते,

कात्तिक २८,

काठमाडौं । बैतडीमा बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । ८ जनाको घटना स्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

बस बिहिबार राति करिब १० बजेतिर सडकबाट खसेको थियो । दार्चुलाको गन्नाबाट महेन्द्रनगरको लागि छुटेको ना ५ ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक दुर्घटनामा परेको देश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये बैतडीको दोगडाकेदार-६ का प्रहरी जवान रणबहादुर चन्द, नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरीको नाम खुलेको छ । उनीहरुका ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । त्यसैगरी उपचारका क्रममा डडेल्धुरा अस्पतालमा कञ्चनपुरको भिमदत्त नगरपालिका ८ की १५ वर्षीया कृतिका कार्कीको ज्यान गएको छ । बाँकिको सनाखत हुन बाँकी छ । मृतक मध्ये ७ जना पुरुष छन् भने २ जना महिला हुन् ।

अन्य घाइतेहरुको डडेल्धुरामा उपचार भइरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु