प्रकाशित द्वारा: बिहिबार, कार्तिक २७, २०७७
कात्तिक २७,
रामेछाप । रामेछाप जिल्लाको, रामेछाप नगरपालिका वडा नं-४ हिमगंगा २ दिनको लागि बन्द भएको छ ।
नगरपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएकाले बुधबारदेखि शुक्रबारसम्मको लागि वडा कार्यलय बन्द भएको नगरपालिकाले एक सूचना मार्फत् जानकारी दिएको छ ।बुधबार त्यहाँ कार्यररत २ जना पुरुष कार्मचारीलाई संक्रमण देखिएको थियो । त्यस्तै १ जना कर्मचारीमा संक्रमणको आशंका गरिएकाले लगत्तै वडा कार्यालय बन्द रहने सूचना मार्फत् जानकारी गराईएको छ ।
सूचना हेर्नुहोस्
फेसबुक प्रतिक्रियाहरु