बुधबार, अशोज २, २०८१
  • होमपेज
  • अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएकोमा साझा पार्टीका संयोजक मिश्रको खुसीको सिमानाघ्यो : ट्रमलाई गाली
समाचार

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएकोमा साझा पार्टीका संयोजक मिश्रको खुसीको सिमानाघ्यो : ट्रमलाई गाली

कात्तिक २३,

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन ४६ औं राष्ट्रपतिमा निर्वाचित भएकोमा साझा पार्टीका संयोजक रविन्द्र मिश्र आफू अत्यन्तै खुसी भएका छन् ।

शनिबार ४६ राष्ट्रपतिको रुपमा वाइडेन रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतिय चुनावमा  विजयी भएका थिए । लगतै सामाजिक संजालमा धारण लेख्दै मिश्रले ट्रम हारेकोमा खुसी ब्यक्त गरेका हुन् ।

उनले ट्रमपलाई अत्यन्तै बिभाजनकारी, जातीवादी, उग्रवादी, झूठ, मिडिया स्वतन्त्रता विरोधी, विज्ञान विरोधी भनेका छन् । नेपाल र नेपालीलाई इनिअमेरिकी राजनीतिले कहिकतै प्रभाव पारेको उल्लेख  गर्दै  ट्रम हारेर एकदम राम्रो भएको बताएका छन् ।

उनले कसैले चाहे नि, नचाहे नि विश्व राजनीति र हामी हरेकको जीवनलाई प्रत्यक्ष/अप्रत्यक्षरुपमा अमेरिकी राजनीतिले छोएको हुन्छ। ट्रम्प खतरनाक थिए। गए। राम्रो भयो। भनेका छन् ।

राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको थियाे ।

 

फेसबुक प्रतिक्रियाहरु