शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • १२ बर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको ओरोपमा एक वृद्ध पक्राउ
समाचार

१२ बर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको ओरोपमा एक वृद्ध पक्राउ

कात्तिक १७, प्रवीण मुनाल,

ओखलढुंगा । १२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको ओरोपमा ओखलढुंगाको लिखुका एक वृद्ध पक्राउ परेका छन् । छिमेकी १२ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गरेको आरोपमा जिल्लाको लिखु गाउँपालिका ३ का ६६ वर्षीय लालबहादुर तामाङलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक शिव कट्टेलले बताए ।

पिडक तामाङले बालकलाई पैसा दिन्छु भनि फकाएर आफ्नै घरमा लागि अप्राकृतिक मैथुन गरेको भन्दै पिडित बालककका आफन्तले शनिबार इलाका प्रहरी कार्यालय यसममा उजुरी गरेका थिए ।

पिडितको परिवारले दिएको जाहेरीका आधारमा पिडकलाई हिजो पक्राउ गरिएको प्रहरी निरिक्षक कट्टेलले बताउनुभएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु