शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • उपत्यकामा १६९८ सहित २९४२ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु
समाचार

उपत्यकामा १६९८ सहित २९४२ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु

कत्तिक ०२,
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९४२ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । स्वास्थ्य अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६९८ जना संक्रमित भएका छन् । काठमाडौंमा १४५१, ललितपुरमा १३० र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा २३२६ जना डिस्चार्ज भएका छन् ।

हालसम्म डिस्चार्ज हुनेको संख्या ९२ हजार १ सय ६६ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ४१ रहेको छ । पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु