शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • यो वर्षको मनसुन नेपालबाट बाहिरियो
समाचार

यो वर्षको मनसुन नेपालबाट बाहिरियो

कात्तिक १,

काठमाण्डौ । नेपालबाट यो वर्षको मनसुन बाहिरिएको छ ।

गएको जेठ ३० गते नेपाल प्रवेश गरेको मनसुन चार महिनापछि बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । असोज १५ गते नै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमका केही भू-भागबाट बाहिरिएको मनसुन नेपालभरिबाट भने शुक्रबार बाहिरिएको हो ।

यो वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्ले बताएका छन् ।

सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने हो । तर पछिल्लो समय केही दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन ढिला नै बाहिरिने गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु