शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बिजय घिमिरे संस्था नेपालद्वारा रिपोटर्स क्लबमा भारतीय दलित मन्त्री पासवानलाइ श्रदान्जली
समाचार

बिजय घिमिरे संस्था नेपालद्वारा रिपोटर्स क्लबमा भारतीय दलित मन्त्री पासवानलाइ श्रदान्जली

असोज २६

काठमाडौँ | भारतीय राजनीतिज्ञ भारत सरकारका उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका केन्द्रिय मंत्री तथा दक्षिण एसिया कै दलितका प्रेणाका स्रोत दलित मुक्ति, दलित अधिकारका लागि निरन्तर लडिरहनु भएको आदरणिय व्यक्तित्व माननीय रामबिलास पासवान ज्युको असामायिक दुखद निधनको हार्दिक श्रदान्जली कार्यक्रम समपन्न गरियो।

उक्त्त कार्यक्रममा नेपालका दलित, मुक्ति दलित अधिकार , दलित पहिचानका लागि देशभरि संगठित भएर अगाडि बढिरहेका सुदुरपश्चिमका जुजारु व्यक्तित्व दलित मुक्तिका लागि साझा अभियानका प्रेम वि सी, दलित समुदाय बाटै पहिलो सर्वोच्चो शिखर सगरमाथामा पाइला टेक्न सफल व्यक्तित्व बिजय घिमिरे विश्वकर्मा,बुद्दिजीवी तथा समाजसेवी राजन विश्वकर्मा, समाजसेवी तथा कम्प्युटर सफ़्टवयर इन्जिनियर विरजन विश्वकर्मा, बुद्दिजीवी तथा समाजसेवीकुमार संकर, होटल व्यवसायी तथा समाजसेवी गोबिन्द लोहार,बुद्दिजीवी तथा समाजसेवी सम्झना संकर, समाजसेवी सपना घतानी लगातका विभिन्न जिल्ल्लाका दलित अगुवा एवं बौद्दिक शिक्षित आदरणिय व्यक्ति जम्मा भइ बिजय घिमिरे विश्वकर्मा संस्था नेपालको आयोजनामा हार्दिक श्रदान्जली व्यक्त गरीयो।

उहाँको प्रेरणा र मार्गदर्शनले अब नेपालमा पनि विभिन्न क्षेत्रमा बसेका सम्पुर्ण दलित समुदायहरु एकीकृत भै संगठित रुपले हाम्रो अधिकार, हाम्रो पहिचाहन, हाम्रो मुक्तिका लागि अगाडी बढ्ने तयारीमा छौं । ” हिजो लडेउ अरुको लागि अब लडौं हाम्रो अधिकारको लागि “नाराका साथ् जब सम्म दलितको पुर्ण अधिकार र पहिचाहन प्राप्त हुदैन तब सम राज्य संग निरन्तर लडिरहेने प्रतिवद्दत्ता उहाँहरुले व्यक्त गर्नु भयो।

No description available.

फेसबुक प्रतिक्रियाहरु