शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • डा. गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै कोटेश्वोरमा काँग्रेसको बिरोध प्रदर्शन
समाचार

डा. गोबिन्द केसीको जीवन रक्षाको माग गर्दै कोटेश्वोरमा काँग्रेसको बिरोध प्रदर्शन

असोज २२

काठमाडौं । नेपाली कांग्रेसले प्रदर्शन गरेको छ। अनशनरत डा. गोविन्द केसी अनशन बसेको २५ दिन हुँदा पनि सरकारले माग पूरा नगरेको भनि जीवन रक्षाको माग गर्दै काठमाडौंको कोटेश्वर चोकमा कांग्रेस नेता कुन्दनराज काफ्लेको नेतृत्वमा प्रदर्शन गरेको हो। प्रदर्शनपछिको कोणसभामा काफ्लेले केसीका माग अबिलम्ब पुरा गरेर उनको जीवन रक्षा गर्न माग गरे।

केसीको मेडिकल शिक्षामा सुधार र नागरिकको सहज र सर्वसुलभ उपचारको माग कम्युनिष्ट सिद्धान्तसँग मिल्ने भए पनि दुई तिहाईको कम्युनिष्ट सरकारले उनका माग सुन्न नै नचाहनु आश्चर्यजनक रहेको काफ्लेले बताए। अनशनका क्रममा केसीलाई केही भइहालेमा त्यो नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महँगो पर्ने चेतावनी उनले दिए।

विगतमा कांग्रेसको सरकार बनेका बेला भएका सहमतिसमेत ओलीले उल्ट्याएर केसीलाई अनशन बस्न बाध्य पारेको उनको आरोप थियो। प्रदर्शनमा नेपाली कांग्रेस र  भातृ संगठनका नेता तथा कार्यकर्ताको सहभागितामा कार्यक्रम सम्पन्न भयो।

फेसबुक प्रतिक्रियाहरु