असोज १८
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापालाई पनि कोरोना संक्रमण भएको छ। यही असोज १९ गतेदेखि बस्न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको पिसिआर परीक्षणबाट उनमा शनिबार कोरोना पुष्टि भएको थियो।
कोरोना संक्रमण पुष्टि भए पनि उनमा कुनै पनि लक्षण देखिएको छैन। यसअघि उनका ससुरासमेत रहेका नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीसहित ६ जना नेतामा कोरोना पुष्टि भएको थियो।
केसीसहित केन्द्रीय सदस्यहरु शम्भुलाल श्रेष्ठ र कल्पना चौधरी लगायतलाई पनि कोरोना संक्रमण देखिएको थियो। कांग्रेसले केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुका सुरक्षागार्डसहित २ सय ४१ जनाको स्वाब संकलन गरेको थियो। शुक्रबार संकलन गरिएको स्वाबको शनिबार रिपोर्ट आउँदा उनीहरुमा संक्रमण पाइएको हो।
असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।
— Gagan Thapa (@thapagk) October 3, 2020
फेसबुक प्रतिक्रियाहरु