शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • रासमको एकहप्ते सरसफाइ अभियान सकियो : अब गाउँपालिका केन्द्रीत अभियान सुरु [फोटोफिचर]
रामेछाप बिशेष

रासमको एकहप्ते सरसफाइ अभियान सकियो : अब गाउँपालिका केन्द्रीत अभियान सुरु [फोटोफिचर]

असोज १७,

रामेछाप । रामेछाप सहयोगी मन (रासम) ले रामेछापको मन्थली बजार सरसफाइ एकहप्ते अभियान आज समापन गरेको छ । गत आइतबारदेखि सुरु भएको सरसफाइ अभियान कार्यक्रम आज जिल्लाको सदरमुकाम समेत रहेको मन्थली बजार आसपासका बजारहरु सरसफाइ गर्दै सम्पन्न भएको हो ।

(रासम) ले एक साताको सरसफाइ अभियानै संचालन गरेर विभिन्न सामाजिक सेवामा समर्पित सो युवाहरुको सामूहले बजारलाई सुन्दर र सफा बनाउन लागेको थियो । सरसफाइ अभियानमा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश बस्नेत देखि जिल्ला प्रहरीका प्रमुख वसन्त पाठकसहितको उपस्थिति र समन्वय रहेको थियो ।

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले जारी गरेको देश ब्यापी लकडाउनमा जिल्लामा जुजारु युवाहरुको समुहले नागरिकहरुको छाकटार्ने अभियानदेखि, फूड् बैंक स्थापना, विटार पार्क निर्माण, घरदैलो अभियान, अलपत्रक नागरिकहरुको उद्धार, संरक्षण, सुरक्षित स्तान्तरण, समन्वयात्मक काम गर्दै आएको छ । रासमले पछिल्लो समय जिल्लामा हुदै आएका वितेथि र कुसंस्कार विरुद्ध पनि काम सुरु गरेको छ ।

रासमले अब केहीदेनमा चेतनामूलक ब्यानरहरु जिल्लाका आठवटै पालिकामा पुर्याउने काम गर्ने अभियान्ता जय मानन्धरले जुनेली न्युजलाई जानकारी दिए । उनका अनुसार बन्दाबन्दीको समयमा संचालनमा ल्याएको फूड्बैंक बन्द गरेको छ ।

फोटोहेर्नुहोस्

No description available.

No description available.

No description available.

No description available.No description available.फोटो रासम अभियानताको सहयोगमा/जुनेली मिलन घिमिरे

फेसबुक प्रतिक्रियाहरु