बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना संक्रमण पुष्टि
समाचार

डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना संक्रमण पुष्टि

असोज १६,

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

 

यससँगै आफू क्वारेन्टिनमा बस्ने र आफूहरु छिटै निको हुने विश्वास पनि उनले व्यक्त गरेका छन् । यसअघि ट्रम्पका वरिष्ठ सल्लाहकारमध्येकी एक होप हिक्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ट्रम्प र मेलानियाको पनि कोरोना परीक्षण गरिएको थियो । परीक्षणको क्रममा उनीहरुलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

ट्रम्पकी सल्लाहकार हिक्सलाई भने कोरोनाका केही लक्षण पनि देखिएको छ । ट्रम्पले हिक्सले कडा अनवरतरुपमा कडा परिश्रम गरेको भन्दै प्रशंसा पनि गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु