शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • भारतमा मोदी सरकारका राज्यमन्त्रीको कोरोनाका कारण मृत्यु
समाचार

भारतमा मोदी सरकारका राज्यमन्त्रीको कोरोनाका कारण मृत्यु

 

असोज ७,

एजेन्सी । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको बुधवार कोरोनाका कारण मृत्यु भएको छ। ६५ वर्षीय अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना भएको थियो। उनलाई दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो।

अंगडी कर्नाटको बेलगामबाट लोकसभा सदस्य थिए। बुधबारै (आजै) अन्त्येष्टि गरिने जनाइएको छ। बेलगाम क्षेत्रबाट उनी सन् २००४, २०१४ र २०१९ मा लोकसभा सदस्य चुनिएका थिए।

उनले आफू संक्रमित भएपछि सामाजिक सञ्जाल ट्विटरमार्फत अवस्था सामान्य भएको र नआत्तिन सबैलाई आग्रह गरेका थिए।   यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उनकाे मृत्युप्रति दुख व्यक्त गरेका छन्।फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु