शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कोरोनाका सक्रिय सङ्क्रमित बढेसंगै लकडाउन गर्न सिफारिस
समाचार

कोरोनाका सक्रिय सङ्क्रमित बढेसंगै लकडाउन गर्न सिफारिस

असोज ७,
काठमाण्डाै । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेमा लकडाउन गर्न सिफारिस गरेको छ ।

नेपालको स्वास्थ्य सेवाले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमितलाई व्यवस्थापन गर्न समस्या हुने भएकोले २५ हजार सङ्क्रमित नाघ्नासाथ लकडाउन गर्न सिफारिस गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार चार सय १४ रहेको छ । बुधबार बिहान बसेको सीसीएमसी बैठकले जनस्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सरकारलाई सिफारिस गरेको छ ।फाइल फोटो

फेसबुक प्रतिक्रियाहरु